२०८३, आश्विन १९ गते

images

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

सीएनएन खबर
शनिवार, बैशाख २० २०८२०८:५८
सीएनएन खबर
शनिवार, बैशाख २० २०८२०८:५८
  • images

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २३ र २४ गते सचिवालय बैठक आह्वान गरेको छ ।

    बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरिएको बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

    उनका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा पार्टीको तर्फबाट सुझाव दिने, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने छ ।

    बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने ज्वालाले उल्लेख गरे ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकले जनवर्गीय सङ्गठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा हुनेछ । पार्टीले आर्थिक विकास सुशासन तथा सामाजिक रुपान्तरणका लागि देशभर अभियान सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend