२०८३, आश्विन १९ गते

images

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

बागमतीका मुख्यमन्त्री लामाले पाए विश्वासको मत

मंगलवार, श्रावण १५ २०८१०६:२३
मंगलवार, श्रावण १५ २०८१०६:२३
  • images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विश्वासको पाएका छन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका मुख्यमन्त्री लामाको पक्षमा ६४ मत प्राप्त भएको हो ।

    कुल ११० सदस्यीय संसद्मा सरकार टिकाउन ५६ सांसदको समर्थन आवश्यक पर्छ । उनलाई कांग्रेसका ३७ र एमालेका २७ सांसदले मत दिएका छन् ।

    नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् । नेमकिपा तटस्थ बसेको छ । आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।

    गत साउन ८ मा एमाले र कांग्रेसको गठबन्धनबाट प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उनले साउन १२ मा सरकारलाई पूर्णता दिएका थिए । उनले १३ मन्त्रालयमा १४ मन्त्री नियुक्त गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend