२०८३, आश्विन २१ गते

images

सेयर बजारमा झन्–झन् नयाँ रेकर्ड

सेयर बजारमा झन्–झन् नयाँ रेकर्ड

बुधवार, श्रावण १६ २०८१०४:०५
बुधवार, श्रावण १६ २०८१०४:०५
  • images

    काठमाडौं । बुधबार सेयर कारोबार रकमले नयाँ कीर्तिमान कायम गरेको छ । यसअघिको २१ अर्ब ६४ करोडको कारोबारलाई उछिन्दै आज हालसम्मकै उच्च रेकर्ड बनाएको छ । आज २१ अर्ब ९१ करोडको सेयर कारोबार भएको छ ।

    बुधबार सेयर बजारको परिसूचक नेप्से ६४.२५ अंकले बढेर २७६०.९० अंकमा कायम भएको छ ।

    आज १९१ कम्पनीको मूल्य बढ्दा ४४ को घट्यो भने ७ को स्थिर रह्यो । सबै क्षेत्रका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३.२, फाइनान्स ८, होटल तथा पर्यटन २.९, हाइड्रोपावर २.१, लगानी ६.८, जीवन बीमा २.१, उत्पादन १.८, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा १.८७, अन्य ३.९ तथा व्यापार समूह २.७ प्रतिशत बढेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend