२०८३, आश्विन १९ गते

images
  • मनोरन्जन
  • आलोचित भएपछि शान्तिश्री परियारले मागिन माफी...

आलोचित भएपछि शान्तिश्री परियारले मागिन माफी (वक्तव्यसहित)

आलोचित भएपछि शान्तिश्री परियारले मागिन माफी (वक्तव्यसहित)

बुधवार, श्रावण १६ २०८१०५:०८
बुधवार, श्रावण १६ २०८१०५:०८
  • images

    काठमाडौं । गायिका शान्तिश्री परियारले आगामी दिनमा शब्द र संगीत छनोट गरेर मात्र गीत गाउने बताएकी छन्। पछिल्लो गीत ’विस्तराले पोल्यो’ लाई लिएर आलोचना भएपछि उनले एक वक्तव्य नै जारी गरेर सो बताएकी हुन् । 

    पाँच दिनअघि सार्वजनिक सो गीतमा शान्तिश्री र हरि गिरी विमर्शीको स्वर छ।  गीतमा समावेश शब्द र भिडिओलाई लिएर थुप्रैले आलोचना गरिरहेका छन्।  आलोचित भएपछि शान्तिश्रीले स्रोता–दर्शकसँग माफी माग्दै आगामी दिनमा गीत छनोटमा सचेत हुने बताएकी हुन्।

    बुधबार वक्तव्य जारी गर्दै उनले भनेकी छन्, ’सो गीत तीज विशेष, लोक वा दोहोरी कुनै पनि विधा अन्तर्गतको नभएता पनि भिडिओको केही दृश्यहरूको कारण दर्शक, स्रोताको मनोभावना तथा सामाजिक परिपे्रक्षमा नकारात्मक असर परेको र सोही कारण सामाजिक सञ्जालहरूमा धेरै नकारात्मक टिकाटिप्पणी भइरहेको हुँदा म लोक तथा दोहोरीगीत प्रतिष्ठानको केन्द्रीय सदस्यको नाताले मसँग सम्बन्धित गीतले प्रतिष्ठानको प्रतिष्ठामाथि र आदरणीय शुभचिन्तकहरूप्रति आँच पुग्न गएको हुँदा क्षमाप्रार्थी छु। आगामी दिनमा शब्द, संगीत छनोट गरी गाउने वाचा गर्दछु।’

    santi.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend