काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश प्रस्तावसम्बन्धी निर्णय गरेको छ ।
कम्पनीको २३ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने करको लागि ०.६३१५ प्रतिशत लाभांश सेयरधनीलाई बाँड्ने प्रस्तावसम्बन्धी निर्णय गरेको हो ।
यसअनुसार आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य नाफाबाट लाभांश बाँड्ने प्रस्ताव गरिएको छ । कम्पनीको हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड छ । त्यसमध्ये ५५ करोड ६८ लाखबराबरको बोनस र २ करोड ९३ लाख १ हजार ६ सय नगद लाभांश बाँड्न लागिएको हो ।
यसको लागि नेपाल बीमा प्राधिकरणले यसलाई स्वीकृति दिएपछि कम्पनीको वार्षिक साधारणसभाबाट अनुमोदन हुनुपर्नेछ । त्यसपछि मात्र सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

