२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका...

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियरविरुद्ध मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा आवास कम्पनीका इन्जिनियरविरुद्ध मुद्दा

बिहिवार, बैशाख २५ २०८२०४:१९
बिहिवार, बैशाख २५ २०८२०४:१९
  • images

    काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेड पुल्चोकमा करारमा कार्यरत सुमन खनालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । खनालले करारमा नियुक्ति लिने प्रयोजनका लागि पेस गरेको ब्याचलर अफ सिभिल इन्जिनियरिङ र नेपाल इन्जिनियरिङ काउन्सिलको शैक्षिक प्रमाणपत्र नक्कली रहेको उजुरीका आधारमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

    उनले ट्रान्सक्रिप्ट, क्यारेक्टर सर्टिफिकेट, नेपाल इन्जिनियरिङ्ग परिषदको प्रमाण पत्र, इन्जिनिरिङ्गको लाइसेन्स समेतको नक्कली शैक्षिक योग्यता तथा प्रमाणपत्र पेस गरी लाभ र सुविधा लिएको आरोप अख्तियारको छ । उनीविरुद्ध ६ महिनादेखि एक वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म बिगो मागदाबी गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend