२०८३, आश्विन १९ गते

images

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

शास्त्रीय संगीतकार गुरुदेव कामतको निधन

बिहिवार, श्रावण १७ २०८१०१:१९
बिहिवार, श्रावण १७ २०८१०१:१९
  • images

    काठमाडौं । चर्चित शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधन भएको छ। मृगौला रोगबाट पीडित कामतको ६९ वर्षको उमेरमा बिहीबार बिहान ८ बजे सिरहास्थित आफ्नै घरमा निधन भएको हो। रोजगारीका सिलसिलामा कतारमा रहेका जेठा छोरा घर आइपुगेपछि कामतको आजै अन्त्येष्टी गरिने परिवारले जनाएको छ।

    गत चैत्रमा कामतको दुवै मिर्गौलामा समस्या देखिएको पत्ता लागेको थियो। त्यसयता डायलासिस गराइरहेका उनी आर्थिक संकटका कारण गतसाता मात्र परिवारसहित जन्मथलो सिराहाको पोखरभिन्डा फर्किएका थिए।

    शास्त्रीय संगीतमा निकै श्रद्धा कमाएका कामत ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend