२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • सलिको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत...

सलिको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

सलिको इन्स्योरेन्सको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

आइतवार, बैशाख २८ २०८२०६:०६
आइतवार, बैशाख २८ २०८२०६:०६
  • images

    काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आ.ब. २०८०/०८१ को साधारण सभा सम्पन्न गरेको छ । आइतबार कम्पनीका अध्यक्ष मनोहर दास मुलको सभापतित्वमा कम्पनीको २८ औँ साधारण सभा सम्पन्न भएको हो । 

    कम्पनीका अध्यक्ष मनोहर दास मुलले सलिको इन्स्योरेन्सको व्यवसाय लगायतका अन्य कामकारवाहीहरुको बारेमा शेयरधनीहरुलाई बिस्तृत रुपमा जानकारी गराएका थिए । 

    कम्पनीले यस आ.व. २०८०।८१ मा ४.७९ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ जुन गत आ.व. २०७९।८० वर्षको तुलनामा ४ प्रतिशतले बृद्धि हो । साथै गत आ. व. को तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी, गत आर्थिक वर्षको दाबी भुक्तानी २.३८ अर्ब रुपैयाँको तुलनामा यस आर्थिक वर्षमा २.८३ अर्ब को दाबी भुक्तानी गरेको जनाएको छ । आउँदो आर्थिक वर्षहरुमा पनि ग्राहकबर्गलाइ उच्च सेवा तथा प्रतिफल दिने लक्ष्य सहित कम्पनी अगाडी बढेको विश्वास दिलाएको छ ।

    सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि. को आर्थिक वर्ष २०८०/०८१ को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८१/०८२ को लागि लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश बितरण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम सञ्चालक समितिको बैठक भत्ता बृद्धि लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन गर्ने प्रस्तावहरु पारित गर्ने निर्णय गरेको छ । 

    सभामा १७ जना शेयरधनीहरुले आ–आफनो धारणा व्यक्त गरेका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend