२०८३, आश्विन १९ गते

images

नेपालमा पैसा पठाउन ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

नेपालमा पैसा पठाउन ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबीच सम्झौता

बिहिवार, श्रावण १७ २०८१०८:३६
बिहिवार, श्रावण १७ २०८१०८:३६
  • images

    काठमाडौं । ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्ज कम्पनी बीच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार रोजगारको सिलसिलामा कतारमा रहेका नेपालीहरुले गल्फ एक्सचेन्जको १७ वटा शाखा तथा गल्फ एक्सचेन्जको रेमिटेन्स एपबाट ग्लोबल रेमिटमार्फत् सहज रुपमा नेपालमा रेमिटेन्स पठाउन सक्नेछन् । 

    यसरी ग्लोबल रेमिटमार्फत् पठाएको रकम ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल भरी रहेको आइएमई र जीएमई रेमिटको ५० हजारभन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ । 

    उक्त सम्झौता अनुसार कतारमा रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

    ग्लोबल आइएमई बैंक मुलुकका ७७ वटा जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो बैंक हो ।कम्पनीका १ हजार १०० भन्दा बढी सेवा केन्द्रहरू, जसमा ३५४ शाखा कार्यालय, ३८४ एटीएम, २७७ शाखारहित बैंकिङ सेवाहरू, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरहरू ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयहरू रहेका छन् । 

    कम्पनीले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिदै आएको छ । कम्पनीले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend