काठमाडौं । आज राति आठबजे बस्नेगरि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक आह्वान गरेका छन्। बुधबार राति ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरि प्रधानमन्त्रीबाट बैठक आह्वान भएको उनको सचिवालयले जनाएको छ।
सोमबार बस्न नसकेको बैठक आजका लागि बोलाइएको हो। आजको बैठकले गभर्नर नियुक्तिको लागि गठित सिफारिस समितिमा एकजना सदस्य नियुक्त गर्ने सम्भावना छ।
समितिका सदस्य डाक्टर विश्व पौडेलले राजीनामा दिएपछि सिफारिस समितिको एकपद रिक्त छ। प्रमुख सत्तारुढ दल कांग्रेस एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने आन्तरिक सहमती भइसकेको छ।
यस्तै, आजको बैठकले खालि रहेको २ सचिवमा बढुवा समेत गर्नेछ । केही दिनअघि मात्रै सचिव विनोदप्रकाश सिंह र गणेश पाण्डेले अनिवार्य अवकाश पाएपछि २ सचिव रिक्त छ । उक्त रिक्त स्थानमा जेष्ठताका आधारमा २ जना सहसचिवलाई मन्त्रिपरिषद्ले सचिवका रुपमा बढुवा गर्नेछ ।

