२०८३, आश्विन १९ गते

images

हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५% ले वृद्धि

हिमालयन रिइन्स्योरेन्सको नाफा ६.२५% ले वृद्धि

सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२१०:२९
सीएनएन खबर
बुधवार, बैशाख ३१ २०८२१०:२९
  • images

    काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको खुद नाफा पौने ६ करोड रुपैयाँले वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा ५ करोड ८२ लाख रूपैयाँले वृद्धि भएको हो । 


    यो अवधिसम्म कम्पनीले करिब एक अर्ब नाफा आर्जन गरेको छ । चालु आवको चैत मसान्तसम्म कम्पनीले ९८ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा ९३ करोड ११ लाख रुपैयाँ थियो । तुलनात्मक रुपमा कम्पनीको नाफा ६.२५ % वृद्धि भएको हो ।


    १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रति शेयर नेटवर्थ १६१.२४ रुपैयाँ रहेको छ । पीई रेसियो ८०.७३ गुणा र ईपीएस १२.५३ रुपैयाँ रहेको छ ।

    कम्पनीले १३ अर्ब ३ करोड ७९ लाख रुपैयाँ दिर्घकालीन लगानी गरेको छ भने ५ अर्ब ५४ करोड ५५ लाख रुपैयाँ अल्पकालीन लगानी गरेको छ । कम्पनीले करिब ८० प्रतिशत लगानी वाणिज्य बैंकको मुद्दती निक्षेपमा गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend