२०८३, आश्विन १९ गते

images

प्राधिकरणले खुलायो ५ हजार आयोजनाको पीपीए

प्राधिकरणले खुलायो ५ हजार आयोजनाको पीपीए

बुधवार, बैशाख ३१ २०८२०५:५०
बुधवार, बैशाख ३१ २०८२०५:५०
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले करिब ५ हजार मेगावाट जलविद्युत् आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) खोलेको छ ।

    प्राधिकरणको मंगलबार बसेको सञ्चालक समितिको बैठकले ४ हजार ९६५ मेगावाटका आयोजनाको पीपीए खोलेको हो । 

    लामो समय सम्म विद्युत खरिद बिक्री सम्झौता रोकिदै आएकोमा यो निर्णयले उर्जा क्षेत्रमा काम गर्ने निजि क्षेत्रका उधमीहरु उत्साहित भएका छन ।

    प्राधिकरणले १० मेगावाटभन्दा बढी क्षमताका विभिन्न प्रारुपका आयोजनाहरुको ग्रीड कनेक्सन एग्रीमेन्टको प्रावधान अनुसार पीपीए खोल्ने निर्णय गरेको हो । प्राधिकरणले त्यस्ता ५४ प्रवर्धकलाई ३० दिनभित्र आउन आग्रह गरेको छ।

    नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८१/०९/१६ मा स्वीकृत उर्जा विकास मार्गचित्र, २०८१ अनुसार सन् २०३५ सम्म नेपालको कुल विद्युत जडित क्षमता २८,५०० मेगावाट पु¥र्याउने लक्ष्य प्राप्तिको लागि हाललाई मिति २०८१/१२/१२ सम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भईसकेका १० मेगावाट भन्दा बढी क्षमताका विभिन्न प्रारुपका जलविद्युत आयोजनाहरुको गीड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार विद्युत खरिद बिक्री सम्झौताको प्रकृया अगाडि बढाउने निर्णय भएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend