२०८३, आश्विन १९ गते

images

सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

शुक्रवार, श्रावण १८ २०८१०१:०९
शुक्रवार, श्रावण १८ २०८१०१:०९
  • images

    काठमाडौं ।  सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपालव्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय रूपैयाँ पुगेको छ।

    साउन २ गते सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ पुगेको थियो। यस आधारमा साउन २ गतेको तुलनामा आज एक सयले वृद्धि भएको हो। बिहीबार भने प्रतितोला एक लाख ४९ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य बिहीबार प्रतितोला एक हजार सात सय ५० रूपैयाँमा कारोबार भएकाेमा आजका लागि भने एक हजार सात सय ९५ रूपैयाँ निर्धारण भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend