२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका ३०...

यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका ३० निर्णय, गभर्नर छिट्टै नियुक्त हुने मन्त्रीको दाबी

यस्ता छन् दुई मन्त्रिपरिषद् बैठकका ३० निर्णय, गभर्नर छिट्टै नियुक्त हुने मन्त्रीको दाबी

बिहिवार, जेठ १ २०८२०५:४३
बिहिवार, जेठ १ २०८२०५:४३
  • images

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छन् । बिहीबार यही वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । 

    उक्त निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए । मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे ।

    उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ ।’

    1.webp

    2.webp

    3.webp

    4.webp

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend