२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कुलमानको समयमा पनि मनसुन समयमा जान्थ्यो...

कुलमानको समयमा पनि मनसुन समयमा जान्थ्यो बिजुली, योजनाबद्ध सञ्जाल नहुँदा ट्रिपिङ्ग बढ्यो

कुलमानको समयमा पनि मनसुन समयमा जान्थ्यो बिजुली, योजनाबद्ध सञ्जाल नहुँदा ट्रिपिङ्ग बढ्यो

आइतवार, जेठ ४ २०८२१०:३३
आइतवार, जेठ ४ २०८२१०:३३
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले योजनाबद्ध रुपमा विद्युतीय संजालको विकाश नगर्दा लाइन ट्रिपिङ्गको समस्या देखिएको जनाएको छ । प्राधिकरणले आइतबार एक विज्ञप्ती जारी गर्दै उक्त कुरा जनाएको हो । 

    ‘विगतका बर्षहरुमा समेत प्रि मनसुन र मनसुनको समयमा हावाहुरी अधिक बर्षा लगायतका कारणले लाइन ट्रिपिङ्गको समस्या रहेको थियो । प्राधिकरणको नेतृत्वमा कुलमान घिसिङ्ग हुदा समेत अत्याधिक लाइन ट्रिपिङ्गको समस्या देखिएकाले सोको निराकरणका लागि उपकार्यकारी निर्देशक तारा प्रधानको नेतृत्वमा ५ सदस्य रहेको अध्ययन कमिटी बनाएका थिए । समस्या देखिएपछि जनआक्रोश कम गर्न कमिटी बनाउने तर न त कमिटिले रिपोर्ट दिनुपर्ने, दिए पनि कार्यान्वयन नहुने प्रवृति विगतमा थियो’, प्राधिकरणले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    २०८० साउन २६ गते बनेको कमिटीले हालसम्म कुनै पनि रिपोर्ट नदिएको प्राधिकरणले जनाएको छ । योजनाब रुपमा विद्युतिय संजालको विकाश नगरि सस्तो लोकप्रियताका लागि आफु अनुकुल वितरण तथा प्रशारण प्रणाली विकाश गर्दा कमजोर भएको प्रणालीको कारण बेला बेलामा समस्या बल्झिएको हो । 

    विविध प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसंग जोडि सामाजिक संजालमा अभिब्यतm भनाइमा प्राधिकरणले खण्डन गरेको छ । 

    ‘प्राविधिक समस्याको समाधान प्राविधिक ढंगबाट नै खोज्नु पर्दछ । हालको नेतृत्वले सस्तो लोकप्रियताको पछाडी नलागि यो समस्याको दिर्घकालिन समाधानका लागि कार्य गर्दछ , तर नतिजा देखिन समय लाग्छ । विगतका बर्षहरमा पनि समाजिक संजालमा आक्रोश ब्यतm भएको थियो त्यसलाई गम्भिरता पुर्वक लिएर समस्या समाधानका लागि कार्य गरेको भए यो अवस्था आउने नै थिएन’, विज्ञप्तीमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend