२०८३, आश्विन १९ गते

images

साताको पहिलो दिनमै १७ अंकले घट्यो नेप्से परिसूचक, नेपाल फाइनान्समा भने सर्किट

साताको पहिलो दिनमै १७ अंकले घट्यो नेप्से परिसूचक, नेपाल फाइनान्समा भने सर्किट

आइतवार, आषाढ २ २०८१०४:१०
आइतवार, आषाढ २ २०८१०४:१०
  • images

    काठमाडौँ । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ०४ अङ्कले घटेर दुई हजार ९५ दशमलव २५ को विन्दुमा कायम भएको छ ।


    आज तीन सय १७ कम्पनीको एक करोड ३२ लाख २३ हजार आठ सय ८४ कित्ता शेयर ७१ हजार नौ सय ९७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४७ करोड २२ लाख ५३ हजार पाँच सय ५१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।


    होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव ०४ प्रतिशतले बढेको छभने अरू सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै लघुवित्त समूह एक दशमलव ७१ र अन्य विकास बैङ्क समूह एक दशमलव २० प्रतिशतले घटेको छ ।


    नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 


    कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा धेरै ३० करोड ४० लाख ५३ हजार चार सय ९२ रुपैयाँ बराबरको चार लाख ७९ हजार नौ सय ८७ कित्ता शेयर किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend