२०८३, आश्विन १९ गते

images

ललितपुर आयुर्वेदः २५ हजार बढीलाई सेवा, निःशुल्क स्क्रिनिंगदेखि ल्याबसम्मको सुविधा

ललितपुर आयुर्वेदः २५ हजार बढीलाई सेवा, निःशुल्क स्क्रिनिंगदेखि ल्याबसम्मको सुविधा

सीएनएन खबर
बिहिवार, आषाढ ६ २०८११०:४७
सीएनएन खबर
बिहिवार, आषाढ ६ २०८११०:४७
  • images

    काठमाडौँ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेल ललितपुरले एक वर्षमा २५ हजार बढीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । 

    कार्यालयले जेठ मसान्तसम्म विभिन्न सेवाका लागि २५ हजार ५७ जनालाई उपचार गरिएको जनाएको हो ।  

    जसमध्य ओपिडीमा ७५१३ जना महिला, ५५०४ जना पुरुष, पूर्वकर्म/पंचकर्ममा २२३८ महिला तथा १६७७ जना पुरुषले सेवा लिएको केन्द्रकी प्रमुख डा.सृष्टि श्रेष्ठले जानकारी दिइन् ।

    उनका अनुसार अकुपञ्चर ९८५ महिला, ८६७ जना पुरुष, ल्याब १५४१ महिला र ११२५ जना पुरुष, योगमा ७९१ जना महिला र ६१ जना पुरुषले सेवा लिएका थिए । यस्तैगरी, २६९ स्तनपायी आमाहरुको लागि दुग्धवर्धक आयुर्वेद औषधि वितरण तथा जेष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममा १३५९ महिला र ११२७ जना पुरुषले सेवा लिएका छन् । 

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले मुख्यमन्त्री जनता कार्यक्रम, महिला स्वास्थ्य स्वयंसेविकालाई आयुर्वेद सम्बन्धी सचेतना कार्यक्रम, स्वस्थ्य जीवन प्रवर्धन कार्यक्रम, जिल्लास्थित राष्ट्रसेवक कर्मचारीहरुलाई तनाव व्यवस्थापन तथा पूर्वकर्म सेवा लगायत कार्यक्रम सञ्चालन गरेको डा.सृष्टि श्रेष्ठले बताइन् ।

    निःशुल्क मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण 

    आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ताल्छिखेलमा मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण गर्ने गरिएको बताइएको छ ।

    सो संस्थाले आयुर्वेद सेवा प्रवद्र्धन गर्न स्थानीय पत्रकारहरुसँग बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा उक्त अस्पताल आउने स्तनपायी आमाहरुको लागि बिना शुल्क उक्त दुग्ध बाँड्ने गरिएको बताइएको हो । 

    उक्त कार्यक्रममा अस्पताल प्रमुख डा. श्रृष्टि श्रेष्ठले अस्पतालले बिरामीको निःशुल्क स्क्रीनिङ गर्ने गरेको बताइन् । उनले अस्पतालले विभिन्न प्रकारका उपचारात्मक तथा जनचेतनामुलक एवं स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्दै आइरहेको डा. श्रेष्ठले जिकिर गरिन । 

    lalitpur aayurbedik.jpg
    आयुर्वेद

    उक्त अस्पतालले आफ्नो स्थापनाकालदेखि आयुर्वेद स्वास्थ्य सेवालाई जिल्ला अन्तर्गत पर्ने विभिन्न स्थानीय निकायमा विस्तार गर्दैै आइरहेको बताइएको छ । 

    अस्पतालले बहिरङ्ग तथा पञ्चकर्म एवं पूर्वकर्म सेवा दिनाका साथै योग र ल्याब,ज्येष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम एवं अकुपञ्चर सेवा समेत दिने गरेको जानकारी गराइएको छ । 

    उक्त कार्यक्रममा अस्पतालले महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयुर्वेद सम्बन्धी सचेतना एवं ट्राफिक प्रहरीका लागि नस्यकर्म तथा विद्यालय आयुर्वेद तथा योग शिक्षा हुँदै राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीका साथै ललिपतुरका केही ठाउँमा आयुर्वेद औषधालय सञ्चालन गर्ने गरेको चिकित्सकले जानकारी गराएका छन् ।

    कार्यालयले न्यून शुल्कमा ल्याबसेवादेखि ललितपुरका ३० वर्षभन्दा माथिका स्वस्थ व्यक्तिहरुमा नसर्ने रोग भए नभएको निःशुल्क स्क्रिनिंग गर्दै आएको छ । हरेक बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म उक्त सेवा प्रदान गर्ने गरिएको प्रमुख श्रेष्ठले जानकारी दिईन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend