२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • प्रधानमन्त्री अस्वस्थ, स्थगित भयो सांसदसँग प्रश्नोत्तर...

प्रधानमन्त्री अस्वस्थ, स्थगित भयो सांसदसँग प्रश्नोत्तर कार्यक्रम

प्रधानमन्त्री अस्वस्थ, स्थगित भयो सांसदसँग प्रश्नोत्तर कार्यक्रम

मंगलवार, जेठ ६ २०८२११:०४
मंगलवार, जेठ ६ २०८२११:०४
  • images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ ।

    स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताए ।

    प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो । आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend