२०८३, आश्विन १९ गते

images
  • अर्थतन्त्र
  • ऊर्जामन्त्री खड्का भन्छन्– लोडसेडिङको हल्ला सामाजिक...

ऊर्जामन्त्री खड्का भन्छन्– लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैन

ऊर्जामन्त्री खड्का भन्छन्– लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हो, यथार्थमा छैन

बुधवार, जेठ ७ २०८२१२:५४
बुधवार, जेठ ७ २०८२१२:५४
  • images

    काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका समेत बताए। 

    ‘बजारमा केही चर्चा भएको छ, हामीले यो हिउँदमा १ हजार ५ मेगावाटसम्म विद्युत आयात गर्‍यौँ,’ खड्काले भने, ‘आवश्यकताअनुसार ६ सय, सात सय घट्दै आएर यहाँको विद्युत बढ्दै जाने, आयात घट्दै जाने अवस्थामा छ र थियो। अस्तिको दिनसम्म पनि हामी साढे ३ सय मेगावाट विद्युत आयात गरिरहेका थियौँ। तर आजको रेकर्डअनुसार १ सय ५० मेगावाट निर्यात गरेका छौँ। हामीलाई विद्युत पुगेर, उब्रिएर, निर्यात गरेका छौँ। लोडसेङिको हल्ला यो सामाजिक सञ्जालको हल्ला मात्रै हो।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend