काठमाडौं । त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियारले छापा मारेको छ । बुधबार अपराह्न अख्तियारको टोलीले कार्यालयमा छापा मारेको हो ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अनियमितता भएको सूचना पाएपछि अख्तियारको टोलीले बुधबार अपराह्न छापा मारेको हो । अख्तियारको टोलीले केही कर्मचारीलाई पनि नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बुझिएको छ ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा विदेश जाने प्रयोजनका लागि घुस लिइरहेको भन्दै बुधबार मात्रै कार्यालय प्रमुखसमेत गृह मन्त्रालयमा तानिएका थिए ।

