२०८३, आश्विन १९ गते

images

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कमर्चारीलाई केटीएसमा छुट

आईएमई लाइफ इन्स्योरेन्सका बिमित, अभिकर्ता र कमर्चारीलाई केटीएसमा छुट

सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२०७:२९
सीएनएन खबर
बिहिवार, जेठ ८ २०८२०७:२९
  • images

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई काठमाडौँ टेक्निकल स्कुल (केटीएस) मा रोजगारमुखी तालिमहरुमा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान गर्ने भएको छ ।

    स्कुलका प्रशिक्षार्थिहरुलाई प्रशिक्षण अवधिभरी आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ । कम्पनी र स्कुलका बिच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।


    सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीहरुले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छ्ट सुविधा को लाभ लिन सक्नेछन् ।


    स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ्ग, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्नेछन् । उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend