काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गुनासो सुन्ने अभियानको थालनी गरेको छ । विद्युत् प्राधिकरणबाट सरकारले कुलमान घिसिङलाई हटाएसँगै लोडसेडिङ हुने हल्ला भइरहेको अवस्थामा प्राधिकरणले यस्तो अभियानको थालनी गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैँ विद्युत् आपूर्तिमा देखिएका समस्याका विषयमा सरोकारवालाहरूको गुनासा र प्राविधिक समस्याहरूको जानकारी लिने र समस्याको पहिचान गरी समाधान गर्ने अभियानमा लागेका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले विश्वसनीय विद्युत् आपूर्तिका लागि भएका समस्या र गुनासो सुनी समाधान गर्ने अभियानको सुरुवात कोशी प्रदेशबाट सुरु गरिएको जानकारी दिए । उनले बिहीबार कोशी प्रदेशको विराटनगरका उद्योगी, व्यवसायी र वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी वरिपरिका सब–स्टेसन र वितरण केन्द्रको अनुगमन गरेको बताए ।
उनले शाक्यले सामाजिक सञ्जालमा अनावश्यक रूपमा लोडसेडिङको हल्ला चलाइएको अवस्थामा विश्वसनीय विद्युत् आपूर्ति गरी हल्लालाई काम गरेर देखाउनको लागि अभियानकै रूपमा गुनासो सुन्ने र तत्काल समस्याको समाधान गर्न निस्किएको बताए ।

