२०८३, आश्विन २० गते

images

शेयर लगानीकर्तालाई नयाँ अवसर : दोर्दी खोलाको बाँकी हकप्रद अब लिलामीमार्फत सर्वसाधारणलाई खुला

शेयर लगानीकर्तालाई नयाँ अवसर : दोर्दी खोलाको बाँकी हकप्रद अब लिलामीमार्फत सर्वसाधारणलाई खुला

सीएनएन खबर
आइतवार, जेठ ११ २०८२११:०७
सीएनएन खबर
आइतवार, जेठ ११ २०८२११:०७
  • images

    काठमाडौं । शेयर बजारमा लगानी गर्न खोज्नेका लागि दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले नयाँ अवसर ल्याएको छ। कम्पनीले हकप्रद बाँडफाँटपछि बाँकी रहेका १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामीमा ल्याउँदै आम लगानीकर्तालाई प्रतिस्पर्धात्मक दरमा खरिद गर्न आह्वान गरेको छ।

    यसअघि १:१ अनुपातमा जारी गरिएको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयरमध्ये ८५ लाख ९५ हजार ९२८ कित्ता बिक्री भइसकेपछि बाँकी हिस्सा अब गोप्य शिलबन्दी बोलपत्र प्रणालीमार्फत बिक्री गर्न लागिएको हो।

    लिलामीमा ल्याइएका शेयरमध्ये संस्थापक समूहतर्फका १४ लाख ५० हजार ९९७ कित्ता शेयर असार ७ गतेसम्म ‘लक–इन’ अवधिमा रहेका छन्। यद्यपि, बाँकी ४ लाख ९५ हजार ६७९ कित्ता सर्वसाधारण शेयर भने लक–इनमा नपर्ने भएकाले ती सीधा दोस्रो बजारमा कारोबारयोग्य हुनेछन्।

    सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसंस्थाले जेठ १९ गतेसम्म इच्छाएको मूल्य दरसहित १०० कित्ता वा सोभन्दा बढी शेयरका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। बोलपत्र फाराम त्रिपुरेश्वरस्थित कम्पनीको कर्पोरेट कार्यालय, नक्सालस्थित बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड, वा सानिमा बैंकका प्रमुख शाखाहरू (जस्तै विराटनगर, पर्सा, कास्की, रुपन्देही, बाँके, सुर्खेत, लमजुङ, धनगढी) बाट प्राप्त गरी सोही स्थानमा बुझाउन सकिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend