२०८३, आश्विन १९ गते

images

जेठ १५ गते ११ देखि २ बजेसम्म काठमाडौं भ्याली एमालेको नियन्त्रणमा हुनुपर्छःओली

जेठ १५ गते ११ देखि २ बजेसम्म काठमाडौं भ्याली एमालेको नियन्त्रणमा हुनुपर्छःओली

सीएनएन खबर
आइतवार, जेठ ११ २०८२०५:०३
सीएनएन खबर
आइतवार, जेठ ११ २०८२०५:०३
  • images

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी ओलीले राजावादीहरूले काठमाडौंमा जेठ १५ गते गर्ने भनेको आन्दोलन एमालेले सफल हुन नदिने बताएका छन् । 

    नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको वाग्मती प्रदेशमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई आइतबार ललितपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीको नाममा आतङ्क मच्चाउनेलाई कुनै स्थान नदिइने स्पष्ट पारे । ‘तथाकथित राजावादीहरू, यी राजावादी साजावादी केही पनि होइनन्, यी खाओवादी हुन्’, ओलीले भने । 

    हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ भनेर नारा लगाउनेहरू नारायणहिटीमा वीरेन्द्र मारिँदा किन बाँचिरहेका भन्दै उनले प्रश्न गरे । ‘प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्या गर्दा यिनीहरू कहाँ गएका थिए, किन मरेनन् त ?’, उनले प्रश्न गरे ।

    राजावादीहरू कुनै उद्देश्यको लागि नलडेका उनले बबताए । केबल साना स्वार्थका लागि उनीहरू लडिरहेका ओलीले स्पष्ट पारे । ‘सरका र जनता अलिकति मौन बसेकाले अनावश्यक फुर्तिफार्ति देखाएका छन्, एमाले मैदानमा उत्रिए पछि यिनीहरू कता कता जान्छन्’, उनले भने।

    एमालेलेका नेता कार्यकर्ताले आफूलाई चिनेर आफूलाई त्यही अनुसार तयारी अवस्थामा राख्नु पर्नेमा उनले जोड दिए । जेठ १५ गतेका लागि वडाध्यक्षहरूको प्रशिक्षण सकिने बित्तिकै तयारी थाल्न ओलीले निर्देशन दिए । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend