२०८३, आश्विन १९ गते

images

१७६ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा

१७६ प्रतिशतले बढ्यो कृषि विकास बैंकको नाफा

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१०८:२९
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१०८:२९
  • images

    काठमाडौँ । कृषि विकास बैंकले आर्थिक वर्ष २०८०/८१ मा महत्वपूर्ण वित्तीय सूचकहरुमा उत्साहजनक प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्ष व्यवसायमा केही सुस्त बनेको कृृषि विकास बैंक गत आर्थिक वर्षमा भने व्यवसायमा आक्रामक बनेर वित्तीय सूचकहरुमा उछाल ल्याएको हो ।

    बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणअनुसार बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आवको तुलनामा अहिले बैंकको नाफा १७६ प्रतिशतले बढेको छ ।
     
    बैंकले प्रतिकूल समयका बाबजुद व्यापार विस्तारमा इण्डष्टीको औसत ग्रोथको तुलनामा उल्लेख्य प्रगति गर्दै समीक्षा अवधिका लागि १७.३७ प्रतिशतको लाभांश क्षमता बनाएको हो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा निकै राम्रो हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको लाभांश क्षमता ९.२४ प्रतिशतमा सीमित थियो । 

    समीक्षा अवधिमा बैंकले २ अर्ब ६६ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको बढोत्तरी हो ।  

    यो अवधिमा खूद नाफा ३ अर्ब ६५ करोड रुपैयाँभन्दा माथि पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खूद नाफा खुम्चिएर १ अर्ब ३२ करोडमा सीमित थियो । यसरी खूद नाफातर्फ बैंकले १७६ प्रतिशतको छलाङ मारेको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend