काठमाडौं । विश्वमै दुर्लभ र अति विषालु प्रजातिको मानिने ‘स्पिटिङ कोब्रा’ सर्प विराटनगरमा भेटिएको छ।
विराटनगर महानगरपालिका-४ स्थित नोबेल अस्पताल पछाडि रहेको डा. सुनील शर्माको निवासमा परैबाट विष फाल्ने क्षमता भएको ‘स्पिटिङ कोब्रा’ भेटिएको हो।
मंगलबार शर्माको निवासमा फेला परेको यो सर्पलाई जिल्ला वन कार्यालय मोरङले नियन्त्रणमा लिएको छ।
सर्पलाई उद्धार गर्ने क्रममा यसले फालेको विष उद्धारकर्ता शम्भु घिमिरेको शरीरमासमेत परेको थियो। सर्पको विष परेपछि घिमिरेलाई कोसी अस्पताल विराटनगरको आकस्मिक कक्षमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ।

