२०८३, आश्विन २० गते

images

राजश्व छली गरेको भन्दै १ करोड माग दाबी गर्दै मुद्दा दायर

राजश्व छली गरेको भन्दै १ करोड माग दाबी गर्दै मुद्दा दायर

बुधवार, जेठ १४ २०८२०४:००
बुधवार, जेठ १४ २०८२०४:००
  • images

    काठमाडौँ । राजस्व अनुसन्धान विभागले १ करोड बढी राजश्व चुहावट गरेको भन्दै मुद्दा दायर गरेको छ । विभाग अन्तरगतको बुटवल कार्यालयले राजस्व चुहावटसम्बन्धी कसूरमा १ करोड बढीको मुद्दा दायर गरेको हो ।

    राजस्व अनुसन्धान विभागले उच्च अदालत तुलसीपुर बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा २०(६) बमोजिम जेठ १४ गते मुद्दा दायर गरेको हो ।

    कार्यालयले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा न ८ लुम्बिनी गेटस्थित सुन्दर प्लाइउड सेन्टरका प्रोपराइटर आकाश अग्रहरीले  सञ्चालन गरेको  पसल र गोदाममा खानतलासी गरेको थियो । खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गर्दा प्रतिवादी अग्रहरीले  राजस्व चुहावट गर्ने उद्देश्यले प्रस्तुत फर्मका नाममा मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगरेको , बीजक जारी नगरी मालवस्तु बिक्री गरेको , मौज्दात विवरण भन्दा अधिक मालवस्तु फेला परेको र खरिद तथा भन्सार पैठारी गरेको कुनै प्रमाण नभएको पाइएको विभागले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

    उक्त फर्मले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२को दफा ३ले निषेध गरेको कार्य गरी दफा४को खण्ड (क) ,(ख) (घ), र (झ)बमोजिम कसूर गरेको पुष्टि हुनआएको जनाउँदै विभागले सोही ऐनको दफा २(छ) ब्मोजिम भन्सार चोरी पैठारी तर्फ अधिक मौज्दातको बिगो ३ लाख २५ हजार ८ सय ७ रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फको अधिक मौज्दात २ लाख ५२ हजार २ सय ७८ रुपैयाँ , मूल्य अभिवृद्धि करतर्फको न्यून मौज्दातको बगो १५ लाख ६९ हजार २ सय ३६ रुपैयाँ र आयकरतर्फको बिगो ३१ लख ८० हजार ३ सय २५ गरी ५३ लाख २७ हजार ६ सय ४६ रुपैयाँ बिगो कायम गरिएको छ ।

    सोही ऐनको दफा २३९१० बमोजिम बिगोको शतप्रतिशतले हुने जरिवाना समेतगरी कुल बिगो १ करोड ६ लाख ५५ हजार २ सय ९२ रुपैयाँ कायम गरी मुद्दा दायर गरिएको विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले विज्ञप्ति जारी गरी जनाएकी छिन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend