२०८३, आश्विन १९ गते

images

१० वाणिज्य बैंकको नाफा बढ्दा १० वटाको घट्यो, कसले कति कमाए ?

१० वाणिज्य बैंकको नाफा बढ्दा १० वटाको घट्यो, कसले कति कमाए ?

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१०८:५९
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८१०८:५९
  • images

    काठमाडौँ । नेपालमा संचालनमा रहेका सबै कमर्शियल बैंकहरुले गत आर्थिक वर्षको अप्रस्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । 

    गत आर्थिक वर्ष २०८०/८१ मा बैंकहरुले कुल ६४ अर्ब १५ करोड ३० लाख ८६ हजार रुपैयाँ खुद नाफा गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार वाणिज्य बैंकहरुले सो नाफा गरेका हुन् ।

    अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुले कुल ५६ अर्ब ५७ करोड ४४ लाख ५२ हजार रुपैयाँ नाफा गरेका थिए । गत आवमा अघिल्लो आवको तुलनामा बैंकहरुको नाफा १३.३९ प्रतिशत बढेको हो ।

    प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक अगाडि देखिएको भएपनि नबिल बैंक बढी नाफा गर्ने बैंकको पहिलो नम्बरमा छ ।

    बैंकहरुको वित्तीय विवरणअनुसार प्रभु बैंकले १४९९.०३ प्रतिशतको नाफा वृद्धि गरेको छ भने कुमारी र प्राइम कमर्सियल बैंकले क्रमशः ३४५.६६ प्रतिशत र २६७.१८ प्रतिशतको नाफा वृद्धि गरेका छन् ।

    यस्तै, वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा गर्ने बैंक भने नबिल रहेको छ । नबिलले गत आर्थिक वर्षमा १०.२२ प्रतिशतको नाफा बढाएर कुल ७ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको छ ।

    यो अवधिमा १० वटा वाणिज्य बैंकको नाफा बढेको छ भने १० वटाको घटेको छ । जसमा १५ बैंकसंग गत आर्थिक वर्षको कमाईबाट शेयरधनीलाई लाभांश दिने क्षमता देखिन्छ । त्यसमा पनि ९ वटा बैंकसंग मात्र ५ प्रतिशत भन्दा बढी लाभांश दिने क्षमता रहेको छ ।

    bank data.jfif

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend