२०८३, आश्विन १९ गते

images

एनआईसी एसिया बैंकको नाफा १ अर्ब ३८ करोड

एनआईसी एसिया बैंकको नाफा १ अर्ब ३८ करोड

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८११०:४७
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८११०:४७
  • images

    काठमाडौँ । एनआईसी एसिया बैंकले गत आर्थिक वर्ष २०८०÷८१ मा १ अर्ब ३८ करोड खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस बैंकको खुद नाफा ६८ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्ष यस बैंकले ४ अर्ब २९ करोड खुद नाफा गरेको थियो । 

    बैंकको खराब कर्जामा भएको वृद्धि र कर्जा विस्तार सुस्त रहँदा नाफामा कमी देखिएको हो । बैंकको वितरणयोग्य नाफा २ अर्ब ३० करोडले ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँले ऋणात्मक रहेको थियो । 

    अघिल्लो आर्थिक वर्ष ०.८८ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्ष ३.४१ प्रतिशत कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend