२०८३, आश्विन १९ गते

images

हिमालयन बैंकको खुद नाफा २ अर्ब ८३ करोड, कस्तो छ अन्य सूचक ?

हिमालयन बैंकको खुद नाफा २ अर्ब ८३ करोड, कस्तो छ अन्य सूचक ?

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८११०:५०
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८११०:५०
  • images

    काठमाडौँ । हिमालयन बैंकले खुद नाफा २ अर्ब ८३ करोड रुपैयाँ गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ८२ प्रतिशतले बढेको हो । यो नाफा अघिल्लो आवमा गरेको १ अर्ब ५६ करोडभन्दा १ अर्ब २७ करोड बढी हो । 

    बैंकले प्रकाशन गरको वित्तीय विवरणअनुसार ब्याज आम्दानी २२.२८ प्रतिशतले बढेर ३५ अर्ब ५८ करोड र खुद ब्याज आम्दानी १७.१२ प्रतिशतले वृद्धि भइ ११ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । बैंकको सञ्चालन नाफा ६७.४३ प्रतिशतले बढेर ५ अर्ब १६ करोड पुगेको छ ।

    बैंकले २०८१ असार मसान्तसम्म २ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ बराबरको निक्षेप परिचालन गरी २ खर्ब ३२ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्तापुँजी ६१ अर्ब ६६ करोड र जगेडा कोषमा २२ अर्ब ४४ करोड छ । रिजर्भको रकम ४७.४७ प्रतिशतले बढेको हो ।

    गत आवको वित्तीय विवरणअनुसार बैंकको प्रतिसेयर आम्दानी १३.१० रुपैयाँ, नेटवर्थ १७६.९० रुपैयाँ र पीई रेसियो १५.५८ छ । यस अवधिमा हिमालयनको निष्क्रिय कर्जा ४.९३ प्रतिशतबाट घटेर ४.९१ प्रतिशत कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend