काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि १९ खर्ब ६४ अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । बिहीबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गरेका हुन् ।
चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०.१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०.८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९.१ प्रतिशत नयाँ बजेट विनीयोजनभएको हो ।
आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत बजेट यस वर्षको सुरुको विनियोजनको तुलनामा ५र६ प्रतिशतले बढी र संशोधनको तुलनामा १८.२ प्रतिशतले बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन गरेको थियो ।
उक्त बजेटका लागि स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट २ खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब रूपैयाँ जुटाइने अनुमान गरिएको छ । नयाँ बजेट साउन १ गतेदेखि लागू हुनेछ ।

