२०८३, आश्विन १९ गते

images

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब बढी, यस्तो छ अन्य सूचक

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब बढी, यस्तो छ अन्य सूचक

सीएनएन खबर
सोमवार, श्रावण २१ २०८११०:५५
सीएनएन खबर
सोमवार, श्रावण २१ २०८११०:५५
  • images

    काठमाडौँ । ग्लोबल आइएमई बैंकले बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा अहिले बैंकको नाफा १०.१३ प्रतिशतले घटेको छ ।

    समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब १० करोड रुपैयाँ छ ।

    बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन नाफा ८.२५ प्रतिशत घटेको छ । ३६ अर्ब १२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ भने कर्जा ४.२३ प्रतिशत बढेको छ ।

    समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ।

    ग्लोबल आइएमई बैंकको प्रतिसेयर आम्दानी १६.६५ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १६९.८१ रुपैयाँ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend