काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष ५ अर्ब १९ करोड खुद नाफा गरेको छ ।
बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ४३ करोड रुपैयाँले ऋणात्मक भएको छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ४१ करोड सञ्चित नाफा रहेकाले गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो ।
बैंकको प्रतिसेयर वितरणयोग्य नाफा १०.०५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको खराब कर्जा गत आर्थिक वर्ष बढेको छ ।
अघिल्लो आर्थिक वर्ष ४.५४ प्रतिशत रहेको बैंकको खराब कर्जा गत आर्थिक वर्ष बढेर ४.९५ प्रतिशत पुगको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी बढेको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ३० करोड रहेकोमा गत आर्थिक वर्ष १५ अर्ब कायम भएको छ ।
यस्तै बैंकको इम्पियरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षकै हाराहारीमा ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । खराब कर्जामा भएको बृद्धिले इम्पियरमेन्ट चार्ज घटाएर नाफा बढाउन नसकेको र अघिल्लो आर्थिक वर्षको सञ्चित नोक्सानीले वितरणयोग्य नाफा ऋणात्मक हुँदा यस बैंकका लगानीकर्ता लाभांशबाट बञ्चित हुने भएका छन् ।

