२०८३, आश्विन १९ गते

images

धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’

धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’

सोमवार, श्रावण २१ २०८१०१:१०
सोमवार, श्रावण २१ २०८१०१:१०
  • images

    काठमाडौं । काठमाडौं–तराई-मधेश द्रुतमार्ग (फास्ट ट्य्राक) अन्तर्गतको धेद्रे सुरुङ मार्गको दुवैतर्फ ‘ब्रेक थ्रु’ भएको छ । धेद्रे सुरुङको निजगढबाट काठमाडौंतर्फ आउने खण्डको गत जेठमा ‘ब्रेक थ्रु’ भएको थियो ।

    जसको दूरी १.६५ किमि छ । यही सुरुङको काठमाडौंबाट निजगढतर्फ निस्कने १.७२८ किमि दूरीको सुरुङ खनिएसँगै यसको ‘ब्रेक थ्रु’ भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विष्फोटक पदार्थको स्विच थिचेर ‘ब्रेक थ्रु’ गरेका हुन् ।

    महादेवटारमा काठमाडौं छिर्ने र काठमाडौंबाट निजगढ जाने २ वटा सुरुङ खनिँदै छ । काठमाडौबाट निजगढततर्फ आउने सुरुङ ३,३८६ मिटरमध्ये २,२८८ मिटर खनिसकिएको छ । त्यस्तै निजगढबाट काठमाडौंतर्फ आउने सुरुङको ३,३२२ मिटरमध्ये २ हजार २९ मिटर खनिसकिएको छ ।

    फास्ट ट्य्राकको कुल दूरी ७०.९७७ किमि हो, जसमध्ये ६४.४७ किमिको मात्र ठेक्का भएको छ । खोकना खण्डको ६.५ किमि खण्डमा ठेक्का हुन सकेको छैन । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend