२०८३, आश्विन १९ गते

images

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब अनुदान, नगर र गाउँपालिकालाई कति ? सूचीसहित

प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब अनुदान, नगर र गाउँपालिकालाई कति ? सूचीसहित

सोमवार, जेठ १९ २०८२०१:४९
सोमवार, जेठ १९ २०८२०१:४९
  • images

    काठमाडौं । आगामी आर्थिक वर्ष २०८२।८३ मा प्रदेश र स्थानीय तहले ४ खर्ब १७ अर्ब रुपैयाँ बढी अनुदान पाउने भएका छन्।

    अर्थ मन्त्रालयले वित्तीय हस्तान्तरणअन्तर्गत विभिन्न अनुदान शीर्षकमा प्रदेश र स्थानीय तहलाई ४ खर्ब १७ अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको हो। यो रकम समानीकरण, ससर्त, विशेष र समपूरक अनुदान शीर्षकमा उपलब्ध गराउन लागिएको हो।

    आगामी आर्थिक वर्षमा प्रदेश सरकारले ९७ अर्ब ५६ करोड ४ लाख रुपैयाँ र स्थानीय तहले ३ खर्ब २० अर्ब २६ करोड ४६ लाख रुपैयाँ अनुदान पाउने भएका छन्।

    स्थानीय तहअन्तर्गत महानगरपालिकाहरुले ११ अर्ब ७४ करोड ६५ लाख रुपैयाँ, उपमहानगरपालिकाहरुले ११ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ, नगरपालिकाहरुले १ खर्ब ४३ अर्ब १० करोड ७३ लाख रुपैयाँ र गाउँपालिकाहरुले १ खर्ब ५४ अर्ब २ करोड ७० लाख रुपैयाँ अनुदान पाउनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend