२०८३, आश्विन १९ गते

images

झिनो अंकले बढ्यो नेप्से परिसूचक

झिनो अंकले बढ्यो नेप्से परिसूचक

सोमवार, जेठ १९ २०८२०३:४९
सोमवार, जेठ १९ २०८२०३:४९
  • images

    काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.६० अंकले बढेर दुई हजार ६९४.६६ विन्दुमा बन्द भएको हो ।

    त्यसैगरी, आज कूल २ करोड २० लाख कित्ता शेयर खरिद–बिक्री हुँदा ९ अर्ब २२ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका अनुसार आज ११५ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने १३३ वटा कम्पनीको मूल्य घटेको छ। 

    त्यसैगरी, ओम मेगाश्री र पियोर इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावरको भएको छ। सो कम्पनीको मात्र ८७ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend