२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • काठमाडौँ महानगरका प्रशासकीय अधिकृतले गरे प्रहरी...

काठमाडौँ महानगरका प्रशासकीय अधिकृतले गरे प्रहरी प्रमुखलाई ६ महिना निलम्बन

काठमाडौँ महानगरका प्रशासकीय अधिकृतले गरे प्रहरी प्रमुखलाई ६ महिना निलम्बन

मंगलवार, जेठ २० २०८२०४:४४
मंगलवार, जेठ २० २०८२०४:४४
  • images

    काठमाडौँ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन् ।

    आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि निलम्बन गरिएको बुझिएको छ ।

    प्रशासकीय अधिकृत गुरागाईले मेयर बालेन शाह र उपमेयर सुनिता डंगोलसहितलाई बोधार्थ दिएर महानगर प्रहरी बल ऐन बमोजिम गत चैत २१ गते भएको घटनाको जाँचबुझ नसकिन्जेल बढीमा ६ महिनाको लागि निलम्बन गरिएको जनाएका छन् ।

    सो दिन प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा रोक लगाउने पाण्डेले बल प्रयोग गरेका थिए । उपमेयर र वडाध्यक्षहरुसँग समेत उनको भनाभन भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend