२०८३, आश्विन १९ गते

images
  • अन्य
  • विश्व वातावरण दिवसमा हिमालय कलेज र...

विश्व वातावरण दिवसमा हिमालय कलेज र स्वविपद्वारा सरसफाई अभियान

विश्व वातावरण दिवसमा हिमालय कलेज र स्वविपद्वारा सरसफाई अभियान

सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२०९:५८
सीएनएन खबर
बिहिवार, जेठ २२ २०८२०९:५८
  • images

    काठमाडौं, जेठ २२ 
    विश्व वातावरण दिवसको अवसरमा हिमालय कलेज अफ इन्जिनियरिङ र स्वतन्त्र विद्यार्थी परिषद् (स्वविप) को संयुक्त आयोजनामा आज कलेज वरपर सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रम अन्तर्गत कलेज परिसर, छेउछाउको सडक र सार्वजनिक स्थानहरूमा जम्मा भएको प्लास्टिक, धुलो र अन्य फोहोर हटाइ सफा वातावरणको सन्देश दिइएको थियो।

    स्वविप सचिव आदिप राउतका अनुसार वातावरणप्रति जनचेतना फैलाउन विद्यार्थी र कलेज प्रशासनको सहकार्यमा यो अभियान सञ्चालन गरिएको हो। "हामीले केवल फोहोर हटाएको होइन, वातावरण संरक्षणको महत्त्व पनि जनतासमक्ष पुर्‍याएका छौँ," उनले बताए।

    कार्यक्रममा कलेजका शिक्षक, कर्मचारी र सयौँ विद्यार्थीले सहभागिता जनाएका थिए। सहभागीहरूले ‘हाम्रो वातावरण, हाम्रो जिम्मेवारी’ भन्ने नारासहित जनचेतनामूलक पोस्टरहरू पनि प्रदर्शन गरेका थिए।

    कार्यक्रमको अन्त्यमा स्वविप सभापतिले सबैलाई धन्यवाद दिँदै यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend