२०८३, आश्विन १९ गते

images

राजश्व छल्ने व्यापारी बढे, रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

राजश्व छल्ने व्यापारी बढे, रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०८:१०
सीएनएन खबर
शुक्रवार, आषाढ ७ २०८१०८:१०
  • images

    काठमाडौँ । चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट रसुवास्थित भन्सार कार्यालयले ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।

    प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । 

    चालु आवको साउनदेखि जेठ मसान्तसम्म ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँ बराबरका मालसामान चीनबाट आयात भएको तथा एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँ बराबरका सामग्री निर्यात भएको छ । 

    राजस्व सङ्कलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्वि भएको उनले बताए । जेठ मसान्तसम्ममा १९ अर्ब १७ करोड २१ लाख रुपैयाँ असुली भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend