२०८३, आश्विन १९ गते

images

लयमा फर्किँदै अर्थतन्त्र (पूर्णपाठ)

लयमा फर्किँदै अर्थतन्त्र (पूर्णपाठ)

मंगलवार, जेठ २७ २०८२०१:१२
मंगलवार, जेठ २७ २०८२०१:१२
  • images

    काठमाडौं । अर्थतन्त्र विस्तारै लय समाल्दै अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको अवधिको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ रिपोर्टअनुसार आर्थिक सूचकांकहरूमा सुधारको साथै विभिन्न चुनौतीहरूको सामना गर्दै देश अघि बढिरहेको देखिएको हो ।

    असअनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह १३.२ प्रतिशतले वृद्धि भई १३ खर्बं ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ । त्यस्तै, चालु आर्थिक वर्ष २०८१–८२ को १० महिनामा कुल विदेशी विनिमय सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ ।

    चालु आवको असारसम्ममा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो । १० महिनाको अवधिमा २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ अर्ब ९९ अर्ब ८१ करोड अर्थात् ६.२ प्रतिशत र सरकारको आन्तरिक कर्जा २.१ प्रतिशतले बृद्धि भएको छ ।

    वैशाखसम्ममा शोधनान्तर स्थिति करिव साढे चार खर्ब रुपैयाँले बचतमा रहेको छ । केन्द्रिय बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार वैशाखसम्ममा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ भने सरकारको खातमा तीन खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।

    चालू आर्थिक वर्षको दश महीनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार पूँजीकरण वृद्धि भएको छ। २०८२ वैशाख मसान्तमा धितोपत्र बजार पूँजीकरण  ४३ खर्ब ५८ अर्ब ७१ करोड कायम भएको छ । २०८१ वैशाख मसान्तमा बजार पुँजीकरण ३१ खर्ब ६९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो ।

    सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.४ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.५ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.६ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.६ प्रतिशत, होटेलको हिस्सा २.७ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.१ प्रतिशत रहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend