२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज...

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:१५
सीएनएन खबर
बिहिवार, जेठ २९ २०८२१०:१५
  • images

    काठमाडौं । नेपाल इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका लागि भोलि जेठ ३० गते १ दिन बुक क्लोज गर्न लागेकोमा आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीले मात्रै कम्पनीले निष्काशन गर्न लागेको ४० प्रतिशत हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले १०ः४ को अनुपातमा ६५ लाख ७६ हजार ९६७।७६ कित्ता हकप्रद शेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद शयर निष्काशनका लागि जेठ ७ गते अनुमति दिएको थियो ।

    कम्पनीले हाल हकप्रद शेयर निष्काशनको मिति भने तय गरिसकेको छैन। कम्पनीले यसअघि नै निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरिसकेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend