काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५ विन्दुमा झरेको छ। यद्यपि, परिसूचक घट्दा पनि कारोबार रकम भने उल्लेख्य रूपमा वृद्धि भएको छ। अघिल्लो दिन ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज कारोबार रकम १२ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
आज १४९ कम्पनीको शेयर मूल्य घट्दा ९९ कम्पनीको मूल्य बढेको देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूहमा २.१४ प्रतिशतको वृद्धि देखिएको छ भने हाइड्रोपावर र फाइनान्स समूह क्रमशः ०.२२ र ०.८९ प्रतिशतले बढेका छन्।
त्यसैगरी, बैंकिङ, विकास बैंक, बीमा, उत्पादन तथा प्रशोधन र व्यापार समूहमा गिरावट आएको छ। व्यापार समूहमा सबैभन्दा धेरै १.०९ प्रतिशतको गिरावट देखिएको हो।
उल्लेखनीय बढोत्तरी भएका कम्पनीहरू:
चन्द्रागिरि हिल्स :६.७८ % ,तेह्रथुम पावर : ६.१७%, रसुवागढी हाइड्रोपावर :५.९९% , नेपाल फाइनान्स :४.९७%
सर्वाधिक गिरावटमा रहेका कम्पनीहरू:
पियोर इनर्जी : -१०.००% ,गुराँस लघुवित्त :-९.९०% , रिभर फल्स पावर : -६.९७% , नेपाल माइक्रो इन्स्योरेन्स : -५.५८%
धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, सानिमा माइ हाइड्रोपावर, राधि विद्युत्, युनिभर्सल पावर, र बुटवल पावर रहेका छन्।

