काठमाडौं । वाणिज्य बैंकहरुमा आजदेखि नयाँ ब्याजदर लागू भएको छ । प्रकाशित सूचना अनुसार बैंकहरुको औषत ब्याजदर जेठ महिनाको तुलनामा केही घटेको छ।
जेठ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषत ५.९५२ प्रतिशतविन्दु रहेकोमा असार महिनामा ०.०५ प्रतिशतविन्दु घटेर ५.९०२ प्रतिशतविन्दुमा झरेको छ। २० मध्ये १५ बैंकहरुले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिँदा ५ बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो।
असार महिनाका लागि ब्याजदर घटाउने बैंकहरु कृषि विकास बैंक, कुमारी बैंक, एनएमबि बैंक, एभरेष्ट बैंक र एनआईसी एशिया बैंक रहेका छन्।
असार महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभरेष्ट बैंक र एनआईसी एशिया बैंकमा बढी छ। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ६.५५ प्रतिशतका दरले ब्याज दिने भएका छन्।
यस्तो निक्षेपमा सबैभन्दा कम ब्याज दिने बैंकहरु भने कृषि विकास बैंक र नेपाल बैंक रहेका छन्। यी दुई बैंकहरुको यस्तो निक्षेपको अधिकतम ब्याजदर ५.४५ प्रतिशत रहेको छ।
बैंकको नाम बचत व्यक्तिगत मुद्दती एक वर्षे (व्यक्तिगत) संस्थागत मुद्दती एक वर्षे (संस्थागत)
कृषि विकास बैंक ३.००-४.७६ ३.००-५.४५ ३.५० ३.००-४.४५ ३.००
सिटिजन्स बैंक ३.००-४.०० ४.६०-५.६५ ५,०० ३.००-४.०० ३.००
एभरेष्ट बैंक ३,००-३.०५ ४.००-६.५५ ४.२५ ३.००-५.५५ ३.२५
ग्लोबल आइएमई बैंक ३.००-३.५० ४.००-६.०० ५,०० ३.००-४.२५ ३.२५
हिमालयन बैंक ३.०४-४.६० ५.००-५.५० ५.०० ३.२५-४.०० ३.२५
कुमारी बैंक ३.०१-५.५१ ३.९१-५.५१ ४.६१ ३.०१-४.५१ ३.०२
लक्ष्मी सनराइज बैंक ३.००-५.०० ४.००-५.७५ ५.०० ३.००-४.५० ३.२५
माछापुच्छ्रे बैंक ३.००-६.०० ३.५०-६.०० ५,०० ३.००-४.०० ३.००
नेपाल बैंक ३.००-५,०० ४.००-५.४५ ४.५० ३.००-४.०० ३.००
एनएमबि बैंक ३.००-४.५० ३.००-६.०० 3.00 ३.००-४.०० 3.00
प्राइम कमर्सियल बैंक ३.०१-४.९६ ५.००-६.२५ ५.७५ ३.००-३.३५ ३.२५
प्रभु बैंक ३.००-५,०० ५.१०-६.१० ५.१० ३.००-५,०० ३.००
राष्ट्रिय वाणिज्य बैंक ३.००-४.५० ४.००-६.०० ५,०० ३.००-४.०० ३.००
सानिमा बैंक ३.०३-४.०३ ३.३०-६.३३ ४.६० ३.००-४.५० 3.00
नेपाल एसबिआई बैंक ३.००-३.१० ३.२५-५.५० ४.१० ३.००-४,५० ३.१०
स्ट्यान्डर्ड चार्टर्ड बैंक ३,००-४.०५ ३.१५-६.२५ ४.१५ ३.००
नबिल बैंक ३,००-५,०० ५,००-५.७५ ५,०० ३.००-४.०५ ३,००
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३,००-४,०० ३.७५-५.५० ४.५० ३,००-४,०० 3.00
एनआईसी एसिया बैंक ३.१०-५.१० ३.५०-६.५५ ५.५० ३.०५-५.५५ ३.५१
सिद्धार्थ बैंक ३.०३-४.१५ ४.४०-५.७५ ५.२५ ३.००-४.७५ ३.००

