२०८३, आश्विन १९ गते

images
  • बैंक बित्त
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको करिब साढे ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२११:३२
सीएनएन खबर
मंगलवार, आषाढ ३ २०८२११:३२
  • images

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३ लाख ३४ हजार २६९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका ५ जना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको उक्त संख्याको संस्थापक शेयर बिक्रीमा राखेको हो ।

    राष्ट्र बैंकको नियमअनुसार हाल यस शेयरमा बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका लागि आवेदन दिन सक्नेछन्। यसमा लागि ३५ दिनको अवधि दिइएको छ।

    सो शेयर खरीद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजात सहित तोकिएको म्यादभित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको रकम समेत खुलाएर काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनु पर्नेछ।

    तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट उक्त शेयर खरीदका लागि आवेदन प्राप्त नभएमा वा सम्पूर्ण शेयर बिक्री नभएमा सर्वसाधारणलाई शेयर बिक्री खुला गरिने बैंकले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend