काठमाडौँ । सानिमा रिलायन्स लाईफइन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्बशुल्कमा शतप्रतिशत छुटसहितको पुनर्जागरण अभियानशुरु गरेको छ।विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्यनजरगर्दै यो योजना सार्वजनिक गरेको हो।
यस पुनर्जागरण अभियान आसर २ गते देखी२७गतेसम्म लागूहुने छ। पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एकपटकमात्र ब्याजछुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ।सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्बशुल्कपनि भुक्तानी गर्नुपर्ने हुन्छ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्बशुल्कमा छुटको सेवा सुबिधालिई व्यतित बीमालेखन बिकरणगरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ।
हरेक नेपालीलाई बिमाको दायराभित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिकपक्ष सबल र सदृढगर्नकोलागि जीवनबिमा अनिवार्यरहेको छ।
ग्राहकवर्गहरुले संस्थाको देशै भरिरहेका १६९ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यस योजनामा सहभागी हुन सक्नुहुनेछ।

