२०८३, आश्विन २० गते

images

शेयर बजार १ सय ८ अंकले बढ्यो

शेयर बजार १ सय ८ अंकले बढ्यो

बुधवार, श्रावण २३ २०८१०५:०४
बुधवार, श्रावण २३ २०८१०५:०४
  • images

    काठमाडौं ।  मंगलबार एक सय ४५ अंकले घटेको शेयर बजार आज एक सय आठ अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से एक सय आठ दशमलव ३५ अंकले बढेर दुई हजार सात सय ५९ दशमलव ६७ विन्दुमा पुगेको छ ।

    आज सबै समूहको शेयर बढेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, उत्पादन, व्यापार, जलविद्युत्, माइक्रोफाइनान्स, अन्य समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।

    आज दुई सय ३९ वटा कम्पनीको शेयर बढेकोमा तीन वटा कम्पनीका शेयर भने घटेको छ । आज १० वटा कम्पनीका शेयरमा सकारात्मक सर्किट लागेको छ । यस्तै आठ वटा कम्पनीका शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । बजार उच्च अङ्कले बढेको दिन एनआईसी एशिया डिबेन्चर २०८३÷८४ को शेयर भने झन्डै चार प्रतिशतले घटेको छ ।

    आज कारोबार रकम भने घटेको छ । हिजो २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएर ऐतिहासिक रेकर्ड कायम भएकोमा आज तीन सय ३० वटा कम्पनीका तीन करोड ८० लाख कित्ता शेयर १७ अर्ब ९५ करोड रुपैयाँमा किनबेच भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend