२०८३, आश्विन १९ गते

images
  • बिमा
  • नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण...

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

नेशनल लाइफ इन्स्योरेन्सको ३७औं वार्षिक साधारण सभा सम्पन्न, १५% लाभांश पारित

सीएनएन खबर
बिहिवार, आषाढ ५ २०८२१०:४६
सीएनएन खबर
बिहिवार, आषाढ ५ २०८२१०:४६
  • images

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७औं वार्षिक साधारण सभा कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिंहले समीक्षा वर्ष आर्थिक दृष्टिले चुनौतीपूर्ण रहेको उल्लेख गरिन्।

    उनका अनुसार कोभिड–१९ को दीर्घकालीन प्रभाव, भू-राजनीतिक तनाव, प्रतिकूल मौसमका कारण आपूर्ति श्रृंखलामा अवरोध उत्पन्न भएको, सहकारी संकट, रियल स्टेट बजारमा मन्दी, र उपभोग्य वस्तु तथा सेवाको मागमा गिरावटजस्ता कारणहरूले देशको समग्र अर्थतन्त्रमा दबाब सिर्जना भएको हो। यद्यपि, वाह्य क्षेत्रका सूचकहरू सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रमा क्रमिक सुधारको आशा व्यक्त गरिन्।

    समीक्षा वर्षमा कम्पनीको कुल बीमा शुल्क २१.९०% ले वृद्धि भई २०४९.१२ करोड रुपैयाँ पुगेको छ। कुल बीमा करार दायित्व २१.७०% ले वृद्धि भई ७९६०.१८ करोड रुपैयाँ पुगेको छ। वर्षभरिमा कम्पनीले मृत्यु, अवधि समाप्ती, आंशिक दावी, समर्पण मूल्य लगायत विभिन्न शीर्षकमा ८३२.८२ करोड रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ।

    त्यस्तै, कम्पनीको कुल लगानी १७.३५% ले वृद्धि भई ७०१५.४६ करोड रुपैयाँ पुगेको छ। लगानीबाट वार्षिक औसत प्रतिफल दर ९.१७ प्रतिशत रहेको छ। अध्यक्ष सिंहका अनुसार कम्पनी दीर्घकालीन निक्षेप र विविधिकृत क्षेत्रमा पारदर्शी ढंगले लगानी गर्दै बीमितको हित सुनिश्चित गर्न प्रयासरत रहेको छ।

    कम्पनीले आफ्ना स्वामित्वमा रहेका शाखा कार्यालयहरूमा आधुनिक व्यापारिक भवन निर्माण गर्ने नीति लिएको छ। हालै नेपालगन्जस्थित नयाँ भवन सञ्चालनमा आएको छ भने ईटहरी शाखाको लागि नयाँ भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ। प्रविधि मैत्री कम्पनी निर्माणका लागि आवश्यक प्रणाली विकास र कर्मचारी तालिममा समेत कम्पनी केन्द्रित रहेको जनाएको छ।

    कम्पनीले नियामक निर्देशअनुसार खूद नाफाको १५ सामाजिक उत्तरदायित्व कोषमा विनियोजन गर्दै स्वास्थ्य र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ। समिक्षा वर्षमा काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बाल स्वास्थ्य उपचार सम्बन्धी परियोजनाको लागि २५ लाख रुपैयाँ सहयोग गरेको उल्लेख छ।

    सभाले आर्थिक वर्ष २०८०/८१ का लागि कम्पनीको अद्यावधिक चुक्ता पूँजी ५ अर्ब २१ करोड रुपैयाँमा १० ५ नगद लाभांश (५२.१२ करोड) र ५% बोनस शेयर (२६.०६ करोड) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसबाहेक, लाभांश कर प्रयोजनका लागि ४.११ करोड रुपैयाँ पनि नगदमा दिने निर्णय गरिएको छ। बोनस शेयरपश्चात कम्पनीको चुक्ता पूँजी बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ।

    ३३औं साधारण सभाबाट निर्वाचित सञ्चालकहरूको कार्यकाल समाप्त भएसँगै ३७औं सभाले संस्थापक समूहबाट प्रेमा राज्यलक्ष्मी सिंह, रथी पवनबहादुर पाँडे (अप्रा) र कुशल मल्ली तथा सर्वसाधारण समूहबाट कुलदीप शरण सिंह र भवानी राणालाई निर्विरोध निर्वाचित गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend