२०८३, आश्विन २० गते

images

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

साधारण सेयर बिक्री गर्दै स्वस्तिक लघुवित्त

सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०७:४५
सीएनएन खबर
आइतवार, आषाढ ८ २०८२०७:४५
  • images

    काठमाडौँ । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आइपिओ) बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले यही असार ५ गते सो संस्थालाई दुई करोड ३१ लाख बराबरको दुई लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो ।

    माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । त्यसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघुबीमाका छन् । 

    अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले दुई अर्ब ९५ करोड ५६ लाख ८१ हजार नौ सय बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ ।

    त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend