२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • प्राधिकरणले लेखा समितिमा बुझायो टिओडी मिटरको...

प्राधिकरणले लेखा समितिमा बुझायो टिओडी मिटरको डाटासहितको प्रमाण

प्राधिकरणले लेखा समितिमा बुझायो टिओडी मिटरको डाटासहितको प्रमाण

बिहिवार, श्रावण २४ २०८१०९:५४
बिहिवार, श्रावण २४ २०८१०९:५४
  • images


    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङको बेला डेडिकेटेड फिडर र ट्रंकलाइनबाट उद्योगहरूमा आपूर्ति गरेको बिजुलीको टिओडी मिटरको डाटासहितको प्रमाण सार्वजनिक लेखा समितिलाई बुझाएको छ। टिओडी मिटरको डाटा, विभिन्न समितिको अध्ययन प्रतिवेदन, विभिन्न अदालतको फैसलालगायतका विवरण प्राधिकरणले समितिमा बुझाएको हो। समितिका सचिव एकराम गिरीले प्राधिकरणबाट बिभिन्न कागजपत्र प्राप्त भएको बताए। त्यसमा अब समितिले अध्ययन गर्ने उनको भनाइ छ। 

    ३० पोकामा रहेको उक्त विवरण झन्डै ७० हजार पेजको हाराहारीमा रहेको छ। गत शुक्रबार लेखा समितिले प्राधिकरणलाई टिओडी मिटरको तथ्यांक उपलब्ध गराउन निर्देशन दिएको थियो। त्यसको लिखित पत्र भने गत सोमबार प्राधिकरणमा पुगेको थियो। त्यसपछि प्राधिकरणले बिहीबार लेखा समितिमा प्रमाण पेस गरेको हो। लोडसेडिङको वेला नियमित महसुलमा प्रिमियम थप गरेर उद्योगहरूमा २४ घण्टासम्म विद्युत् सप्लाई गरिएको थियो। त्यसको प्रिमियम महसुल अहिले विवादमा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend