२०८३, आश्विन १९ गते

images

११ महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय करिब ४० अर्ब, शिखर इन्स्योरेन्स अग्रस्थानमा

११ महिनामा निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय करिब ४० अर्ब, शिखर इन्स्योरेन्स अग्रस्थानमा

शुक्रवार, आषाढ १३ २०८२१०:३६
शुक्रवार, आषाढ १३ २०८२१०:३६
  • images

    काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा करिब ४० अर्ब रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार साउनदेखि जेठ महिनासम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरूले कुल ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हून। सोही अवधिमा कुल २५ लाख ८७ हजार ३१५ बीमा लेख बिक्री भएका छन्।

    शिखर इन्स्योरेन्स शीर्ष स्थानमा

    बीमा शुल्क आर्जनका आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा उभिएको छ। शिखरले २ लाख ७५ हजार ३५३ बीमा लेख बिक्री गर्दै कुल ५ अर्ब ९ करोड ९ लाख रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ।

    दोस्रो स्थानमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४ अर्ब ५० करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ, जसले ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेको छ।

    चौथो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ४५ लाख रुपैयाँ, पाँचौं स्थानको क्ष्न्क्ष् प्रुडेन्सियलले ३ अर्ब ३९ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

    अन्य प्रमुख कम्पनीहरूमा नेको इन्स्योरेन्सले २ अर्ब ९५ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ७४ करोड, ओरियन्टल इन्स्योरेन्सले २ अर्ब ४२ करोड, युनाइटेड अजोडले २ अर्ब ४१ करोड र सानिमा न्क्ष्ऋ ले २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्।

    त्यस्तै नेपाल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्स जस्ता कम्पनीहरूले भने तुलनात्मक रूपमा कम बीमा शुल्क आर्जन गरेका छन्। नेपाल इन्स्योरेन्सले १ अर्ब ८४ करोड, प्रभुले १ अर्ब ५७ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३१ करोड तथा नेशनल इन्स्योरेन्सले सबैभन्दा कम ९७ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ।

    यस अवधिमा चारवटा लघु बीमा कम्पनीहरूले संयुक्त रूपमा ८४ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। तीमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले २३ करोड ७९ लाख, प्रोटेक्टिभ माइक्रोले २२ करोड १० लाख, स्टार माइक्रोले २० करोड १७ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हून।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend